site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

नेपालमा विश्वविद्यालयको प्राज्ञिक र प्रशासनिक नेतृत्व उपकुलपतिले गर्ने कानुनी प्रावधान छ । तर, देशको सबैभन्दा पुरानो एवं धेरै विद्यार्थी र क्याम्पस भएको ठूलो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय १९ कात्तिकदेखि नेतृत्वविहीन भएको छ । 

उपकुलपति नियुक्ति प्रक्रिया थालिए पनि त्यसले उचित प्राथमिकता पाउन सकेको देखिएको छैन । उपकुफपतिमा तटस्थ प्राज्ञिक व्यक्तित्व नियुक्त हुनुपर्ने आवाज उठे पनि नेताहरूको ध्यान दलगत भागबन्डामा गएको सङ्केत देखिएको छ ।    

त्यसो त त्रिभुवन विश्वविद्यालयको नेतृत्वमा दलगत राजनीतिको छिटा नपरेको  व्यक्ति बिरलै नियुक्त भएका छन् । तर, पछिल्ला केही उपकुलपतिहरू अपेक्षाकृत बढी नै विवादास्पद भएका थिए । हालै पदमुक्त उपकुलपतिको कार्यकाल त विवादको उदाहरणै बन्न पुग्यो ।

तत्कालीन सत्तारूढ दल नेकपा (एमाले) निकट मानिने उपकुलपतिको कार्यकालमा कार्यालय दुलेका भन्दा सम्भवतः धेरै दिन बन्द नै रहे । त्रिभुवन विश्वविद्यालय  दलगत आग्रह र पूर्वाग्रहबाट बढी नै प्रभावित रहेको देखियो । 

नेपालको राजनीतिक आन्दोलनको आधारभूमि रहेको भए पनि त्रिभुवन विश्वविद्यालय  पहिले यति चर्को विवादमा परेको थिएन ।  अरू बाहिरी कारणहरू पनि होलान् तर यस्तै कारणले अहिले त्रिविका क्याम्पसहरू विद्यार्थी नभएर बन्द हुने अवस्थामा पुगेका छन् ।

Global Ime bank

प्रधानमन्त्री र सत्ता गठबन्धनका प्रमुख नेताहरू देशको शैक्षिक भविष्यप्रति इमानदार र गम्भीर हुन्थे भने त्रिविको यस्तो अवस्था हुने नै थिएन । यसैले सायद अब उनीहरूको व्यवहारमा सच्चिने र त्रिविलगायतका संस्थाको अवस्थामा सुधार हुने अपेक्षा गर्न पनि नसकिएला ।

परन्तु, अहिल्यै र यसैपल्ट उपकुलपतिमा स्वच्छ, इमानदार तथा योग्य प्राज्ञिक व्यक्तित्वलाई नियुक्त गरिएन भने त्रिभुवन विश्वविद्यालय सधैँका लागि धराशायी हुनेछ । अतः ढिलै भइसकेको भए पनि नेतृत्व चयनमा इमानदार हुन सकेमा त्रिविको साख फर्काउन सहयोग पुग्ने देखिन्छ ।

परिवर्तित सन्दर्भमा त्रिविलगायत विश्वविद्यालयहरूको शासकीय संरचनामा परिवर्तन गर्नु पनि उपयुक्त नै होला । यसका लागि व्यापक अध्ययन, छलफल र विमर्श आवश्यक हुन्छ ।  उता अहिले नै त्रिविमा यथाशीघ्र उपकुलपति नियुक्त नगरी नहुने अवस्था छ ।

राजनीतिक नेतृत्वले त्रिविको हितलाई प्राथमिकता दिएका बेला केदारभक्त माथेमाजस्ता योग्य र विवादरहित व्यक्ति नियुक्त भएका थिए । यसैले अब राजनीतिक दलहरूले भागबन्डा नगरीकन योग्य प्राज्ञिक व्यक्तित्वलाई उपकुलपति नियुक्त गर्ने प्रक्रिया सम्पन्न गरियोस् ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu