site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बबरमहलमा पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा

काठमाडौं । काठमाडौंको बबरमहलमा पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा ल्याइएको छ ।

बबरमहलस्थित जिल्ला अदालतअगाडिको सडकमा १० लाख रुपैयाँ लागतमा पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको ‘क्रसिङ’ राखिएको हो । ‘पेलिकन क्रसिङ’ भनिने यसप्रकारको ट्राफिक लाइट सोमबारदेखि सञ्चालनमा ल्याइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बटन थिचेपछि पाँच सेकेन्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेन्डभित्र पैदलयात्रीले जेब्रा क्रसिङ गरिसक्नुपर्ने बताए । प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्ने र प्रयोग गर्न जान्दा राम्रो हुने उनले उल्लेख गरे ।

“काठमाडौं महानगरपालिकाद्वारा आमनागरिकका लागि राखिएको ट्राफिक लाइट हो । यसलाई थिचिसकेपछि यसले सहज रूपमा जुन तोकिएको समय छ, अहिले ३० सेकेन्ड राखिएको छ । त्यो थिचेपछि पाँच सेकेन्ड कुर्नुपर्छ । त्यो कुरेपछि हरियो बत्ती बल्छ, पैदलयात्रीका लागि,” उनले भने, “३० देखि ३५ सेकेन्ड तोकिएको समयमा क्रस गरिसक्नुपर्छ । यो उपयुक्त छ र यसलाई प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्छ । प्रयोग गर्न जान्दा त्यसले सूचना देखाउँछ । त्यसलाई ख्याल गरेर बाटो काट्नुपर्छ ।”

वाग्मती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठले अल्पकालीन रूपमा यो प्रविधि लाभदायक हुने विश्वास व्यक्त गरे । “ट्राफिक लाइट, अहिले अल्पकालीन रूपमा जेब्रा ट्राफिक लाइटले राम्रै हुने विश्वास लिएको छु । दीर्घकालीन रूपले यो हाइवेमा अर्थपूर्ण रहँदैन,” उनले भने, “आगामी वर्षमा यसलाई अन्डर पास वे बाटोको जुन रूपमा जेब्रा क्रसिङ राख्न सकिन्छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro