site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम संसदीय समितिबाट अनुमोदन
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्यानडाका लागि नेपाली राजदूतमा प्रस्तावित भरतराज पौड्यालको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । संघीय संसद् संसदीय सुनुवाइ समितिले आइतबारको बैठकमा सरकारद्वारा क्यानडाका लागि नेपाली राजदूतमा प्रस्तावित पौडेलको नाम अनुमोदन गरेको हो ।

यसअघि, कात्तिक १५ गते समितिले पौड्यालउपर उजुरी आह्वान गरेको थियो । समितिका ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले क्यानडाका लागि प्रस्तावित राजदूत पौडेलको नाम समितिबाट सर्वसम्मत रुपमा अनुमोदन भएको बताए । प्रस्तावित राजदुत पौड्यालविरुद्ध दुईवटा उजुरी परेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

पौड्याललाई क्युबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैरआवासीय राजदूत र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)को पनि स्थायी प्रतिनिधिको रूपमा नियुक्ति गर्ने निर्णयको अनुमोदन गरेको उनले बताए ।

संसदीय समितिले अनुमोदन गरेपछि अब राजदूत नियुक्तिको प्रक्रिया बढ्नेछ । प्रस्तावित राजदूतको नाममा सम्बन्धित मुलुकबाट एग्रिमो आएपछि राष्ट्रपतिले राजदुतहरुको नियुक्ति गर्ने कानुनी व्यवस्था छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement