site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युद्धविराम सम्झौतापछि गाजापट्टीमा पुगे इन्धन ट्रक

गाजा । इजरायल र हमासबीच शुक्रबार बिहान अस्थायी युद्धविराम लागु भएपछि इन्धन र खाना पकाउने ग्यासले भरिएका ट्रकहरू गाजापट्टीमा प्रवेश गरेका छन् ।

प्यालेस्टिनी सुरक्षा स्रोतले नाम नछाप्ने सर्तमा बताएअनुसार इन्धन र खाना पकाउने ग्यास बोकेका ट्रकहरू गाजापट्टीमा ढुवानी गर्न विशेष क्षेत्रमा आइपुगेका छन् ।

Dabur Nepal

योसँगै गाजापट्टी र इजिप्टबीचको विवादित भूमि पार हुँदै अन्य किसिमका मानवीय आपूर्ति पनि सहज हुने अपेक्षा गरिएको छ । हमासले प्रेस विज्ञप्तिमा भनेको छ, ‘युद्ध अवधिमा दैनिक २०० ट्रक राहत र चिकित्सा सामग्री र चार ट्रक इन्धन र खाना पकाउने ग्यास गाजापट्टीमा प्रवेश गर्नेछ।’

यसअघि, कतार र इजिप्टको मध्यस्थतामा इजरायल र हमासबीचको मानवीय युद्धविराम घेराबन्दीमा परेको तटीय क्षेत्रमा लागु भएको थियो ।

गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा हमासले बन्धक बनाएका १३ जनालाई रिहा गरेपछि इन्धन र खाना पकाउने ग्यासको आपूर्ति गर्ने योजना बनाइएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro