site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
चलचित्र प्रदर्शन अवधिभर ५०/५० प्रतिशत सेयर बाँड्ने सहमति
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र निर्माता संघ र चलचित्र संघबीच सहमति भएको छ । बिहीबार दुई संघबीच हलमा चलचित्र प्रदर्शन अवधिभर ५०/५० प्रतिशत सेयर बाँडफाँट गर्ने समझदारी भएको निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिए ।

“आज हामीबीच सिनेमा चलेको अवधिभर ५०/५० प्रतिशत सेयर पाउने सहमति भयो । यो निर्माताहरुका लागि ठूलो उपलब्धी हो,” उनले भने, “लामो समयदेखिको यो मुद्दामा सहमति भएपछि केही हदसम्म निर्माताले राहत महसुस गर्नेछन् । बाँकी मुद्दामा अब हामी छलफल र सहमति गर्दै जानेछौँ ।”

उनका अनुसार सेयर बाँडफाँट समझदारी गएको कात्तिक २४ गतेदेखि नै लागु हुने छ । अरू असमझदारी टुंग्याउन भोलि एउटा कार्यदल बनाउने समझारी भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“बाँकी मुद्दामा छलफल र सहमति गर्न भोलि नै हामी कार्यदल बनाउँदै छौँ । उक्त कार्यदलले सके भोलि नै नभए केही दिनमै अरु एजेन्डामा पनि सहमति गर्नेछ,” नवलले भने । 

हलमा बज्ने ट्रेलर तथा हल परिसरभित्र राखिने होर्डिङ बोर्ड र पोस्टरलगायत प्रचार सामग्री प्रयोगमा कसको लगानी रहने भन्ने मुद्दामा कार्यदलले छलफल गरेर सहमति जुटाउनेछ ।

Global Ime bank

अहिलेसम्म यसको खर्च निर्माताले बेहोर्दै आएका छन् । नेपाली निर्माताले यसको खर्च आफैँ बेहोर्नु परे पनि हिन्दी सिनेमाको हकमा भने हलले नै बेहोर्दै आएका छन् । यसमा आफूहरुलाई हलले विभेद गरेको नेपाली निर्माताहरुले बताउँदै आएका छन् । 

यसअघि निर्माताहरूले हलबाट पहिलो र दोस्रो हप्ता ५० प्रतिशत सेयर पाए पनि तेस्रो हप्ताबाट ३५ प्रतिशत मात्रै पाउने गरेका थिए । 

चलचित्र 'दिमाग खराब'को टिमले पूरै प्रदर्शन अवधिभर निर्माताले ५० प्रतिशत सेयर पाउनुपर्ने एजेन्डा अगाडि सारेर आफ्नो चलचित्र प्रदर्शन नै रोकेको थियो । यद्यपि, लगत्तै दुई संघबीच निरन्तरता दिने सहमति भएको थियो ।

Press-1700747957.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement