site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईंका समर्थकबीच मुठभेड हुनबाट जोगियो !
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईंका समर्थकबीच झडप हुनबाट जोगिएको छ ।

प्रहरीका अनुसार आज प्रसाईंको भक्तपुरस्थित घरमा उनका समर्थकहरू जम्मा थिए । उनीहरूको संख्या करिब ८० देखि ९० जना थियो ।

Dabur Nepal
NIC Asia

त्यसक्रममा युवा संघका ४०–५० जना कार्यकर्ताहरू झन्डा बोकेर बाइक र्‍यालीसहित प्रसाईंको घर पुगेका थिए । उनीहरू प्रसाईंको घर घेराउ गर्ने योजनासहित आएको ड्युटीमा खटिएका प्रहरी अधिकारी बताउँछन् ।

तर, सम्भावित सुरक्षा चुनौतीलाई लक्षित गरेर प्रसाईंको घर आसपास अगाडिदेखि नै प्रहरी टोली परिचालन गरिएको थियो । युवा संघका कार्यकर्ताले प्रहरीलाई देखेपछि मात्र बाइक नरोकेको प्रहरी स्रोत बताउँछ । अन्यथा मुठभेडको अवस्था निश्चितजस्तै भएको ती प्रहरी अधिकारीले बताए ।

दुवै समूहले गर्न लागेको भोलिको आन्दोलनलाई लक्षित गरेर रातिदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उपत्यका प्रहरी कार्यालयका अनुसार करिब पाँचहजार प्रहरी, दुईहजार सशस्त्र प्रहरी र त्यति नै संख्यामा गुप्तचर विभागका कर्मचारी आजदेखि नै परिचालन गरिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा एसपी दर्जा मुनीका प्रहरी अधिकारीलाई आवश्यक परे फिल्डमा जान तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro