site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रिडी पावरको ‘इन्साइडर ट्रेडिङ’ : तत्कालीन अध्यक्ष र कार्यकारी निर्देशकविरूद्ध मुद्दा दायर

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष गुरूप्रसाद न्यौपाने र कम्पनीका कार्यकारी निर्देशक कुवेरमणि नेपालविरूद्ध मुद्दा दायर गरेको छ । 

न्यौपानेले आफू अध्यक्ष हुँदा कार्यकारी निर्देशक नेपालसँग मिलेर कम्पनीको सेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेर एक करोड ९९ लाख १० हजार २५२ रुपैयाँ आर्जन गरेका थिए ।

न्यौपानेले २०७७ चैत १९ गतेदेखि २०७८ साउन २४ गतेसम्म इन्साइडर ट्रेडिङ गरेको विभागले जानकारी दिएको छ ।

कम्पनीका कार्यकारी निर्देशक नेपालले न्यौपानेलाई सहजीकरण गरिदिएका हुन् । उनीहरू दुईजनाको मिलेमतोमा एक करोड ९९ लाख १० हजार २५२ रुपैयाँ सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को कसुर गरेको पनि विभागले जनाएको छ ।

न्यौपानेलाई एक करोड ९९ लाख १० हजार २५२ रुपैयाँ बिगो कायम गरी यो बिगोको दोब्बर जरिबाना, कसुरको मात्राअनुसार कैद सजाय गर्न माग गरिएको छ । 

त्यस्तै, ऐन विपरीतका काम गर्न सहयोग गर्ने कार्यकारी निर्देशक नेपाललाई पनि न्यौपानेले पाउने सजायको आधा सजाय माग गरिएको छ ।

यो मुद्दा विशेष अदालतमा गत कात्तिक २३ गते दायर भएको हो । हाल माग गरिएको बिगो भने रोक्का रहेको न्यौपानेको सम्पत्तिमध्येबाट नै जफत हुने पनि बताइएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro