देश

काठमाडौं । झापामा ९ वर्षीया बालिकामाथि बलात्कार भएको छ । बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–३ बस्ने इलामको रोङ गाउँपालिका–६ का २० वर्षीय दिपेश प्रधान रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रधानले ती बालिकालाई सोमबार राति सोही नगरपालिका–३, किरात मार्ग टोलस्थित सुपाडी बगानभित्र झाडीमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कार गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले युवकलाई पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८० १६:४९
प्रतिक्रिया दिनुहोस्