site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेले भन्यो– गल्ती गरे युवा संघको बचाउ गर्दैनौँ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले गल्ती गरे युवा संघको बचाउ नगर्ने बताएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा बिहीबार हुन लागेको प्रदर्शनमा सहभागी हुन काठमाडौं आएको एक समूहलाई एमालेको भ्रातृ संस्था युवा संघले गए राति पार्टी प्यालेसबाट निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जसलाई लिएर चर्को आलोचना भइरहेको छ ।

बुधबार पार्टी बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भिडियो र युवा संघको संलग्नाताको विषयमा छानबिन भइरहेको बताए । उनले दोषी भेटिए पार्टीले बचाउ नगर्ने स्पष्ट पारे । 

“युवा संघले हामीले गरेको हैन, छानबिन भइरहेको छ भनेको छ,” गौतमले भने, “युवा संघले तथ्य सार्वजनिक गर्छु भनेको छ । पार्टीले कोही दोषी छ भने बचाउ गर्दैन ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro