site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जब अर्जेन्टिनाले खेल्न अस्वीकार गर्‍यो...

काठमाडौं । ब्राजिलको माराकाना रंगशाला विश्वकप छनोटको एउटा खेलका निम्ति सधैँझै तयार थियो । चिरप्रतिद्वन्द्वी अर्जेन्टिनाविरुद्ध खेल भएकाले मैदानमा घरेलु टिमका समर्थकको उपस्थिति बाक्लो थियो ।

तर, बुधबार बिहान (नेपाली समय)का निम्ति तय गरिएको खेल समयमा सुरु हुन सकेन । कारण विशेष थियो । आफ्ना समर्थकलाई प्रहरीले कुटेको भन्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीले खेल्न अस्वीकर गरेर मैदान छाडेका थिए ।

fdg-1700639943.jpg

Dabur Nepal
NIC Asia

कप्तानको निर्णयप्रति अर्जेन्टिनी टिमले नै ऐक्यबद्धता जनायो । सोही कारण निर्धारित समयको २७ मिनेट बित्दा पनि खेल सुरु हुन सकेको थिएन । पछि स्थिति शान्त बनेको आभासपछि पाहुना टिम पुनः मैदानमा फर्किएको थियो ।

तनावपूर्ण बनेको खेलमा अर्जेन्टिनाले घरेलु टिमविरुद्ध १–० को कठिन जित दर्ता गर्‍यो । तर, पाहुना टिमले खेललगत्तै मैदानमा आफ्ना समर्थकसँग खुसियाली बाँड्न सकेन । अर्जेन्टिनाले खेल सकिएको केही बेरपछि पुनः मैदानमा फर्किएर आफ्ना समर्थकसँग खुसियाली मनाएको थियो ।

adsfg-1700639969.jpg

“त्यहाँ खेलाडीका परिवार पनि थिए । हामी खेल खेल्नुभन्दा पनि उनीहरूको अवस्थाप्रति धेरै चिन्तित थियौँ,” मैदानबाट फर्किनुको कारण प्रस्ट्याउँदै अर्जेन्टिनी कप्तानले भने, “हामी लकर रुममा गयौँ, किनकि त्यस बेला हामी अवस्था शान्त बनाउन चाहन्थ्यौँ । यसभन्दा पर हामी अरू केही गर्न सक्दैनौँ । प्रहरीले समर्थकलाई पिटिरहेको हामीले देखेका थियौँ ।”

दुवै टिमका खेलाडीले खेलअघि समर्थकलाई शान्त रहन आग्रह गरेका थिए । अर्जेन्टिनी गोलकिपर दिबु मार्टिनेजले त पाहुना टिमका समर्थकनजिक पुगेर हिंसा रोक्न प्रहरीसँग चर्काचर्की नै गरे ।

राष्ट्रियगानसँगै सुरु भएको समर्थकबीचको झडप रोक्न प्रहरीले लाठीचार्ज गरेको थियो । बस्ने कुर्सीका केही भाग र अरू वस्तुले दुवै टिमका समर्थक एकार्कामाथि प्रहार गरिरहेका थिए । झडपमा एक समर्थकको टाउकामा चोट लागेपछि रगताम्मे अवस्थामा उनलाई मैदानबाट बाहिर लगिएको थियो ।

badmg-1700639990.jpg

अर्जेन्टिनी टिम ‘लकर रुम’बाट २२ मिनेपछि मैदानमा फर्किएको थियो । त्यसपछि पाहुना टिमले खेल सुरु हुनुअघि ‘वार्म अप’ गरेको थियो ।

खेलका दौरान अर्जेन्टिनी समर्थकले आफ्नो टिमका पक्षमा नारा लगाउँदा दर्जनौँ प्रहरीले उनीहरूलाई घेरेर राखेका थिए ।

माराकाना रंगशालामा खटिएका उच्च पदका प्रहरी अधिकारी वग्नर फेरेइराले आयोजकलाई घटनाको जिम्मेवार ठहर्‍याए । उनले प्रहरीको कार्यको बचाउ गरे । आयोजकले घरेलु र पाहुना टिमलाई फरक ठाउँमा राख्न नसकेको आरोप उनले लगाए ।

“प्रत्येक कार्यलाई प्रतिकार्य आवश्यक हुन्छ । यहाँ यसअघि पनि टकरावको स्थिति बनेको इतिहास छ । सुरुमा हामीले उनीहरूसँग कुरा गर्‍यौँ, त्यसपछि मात्र हामी आफ्नो लाठी प्रयोग गर्न बाध्य बन्यौँ । हामीले त्यहाँ कुनै घातक बल प्रयोग गरेका थिएनौँ । रबरको गोली र अश्रुग्यासको प्रयोग गरिएको थिएन । यो निकै प्राविधिक प्रयोग थियो,” फेरेइराले खेलपछि भने ।

qofjmdmg-1700640009.jpg

खेलका निम्ति माराकानाको ६९ हजार टिकट बिक्री गरिएको थियो । ब्राजिलका समर्थक खेलअघि मेसीको तारिफमा देखिएका थिए । तर, मैदान छाडेर अर्जेन्टिना पुनः फर्किएपछि उनीहरूले मेसीविरुद्ध नाराबाजी गर्न सुरु गरे ।

अर्जेन्टिनी टिम मैदान छाडेर निस्कँदा ब्राजिलका खेलाडी भने मैदानमै वार्म अप गर्दै थिए । उनीहरू पाहुना टिमलाई फर्किरहेका थिए ।

awefdg-1700640052.jpg

जितसँगै फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना शीर्ष स्थानमा छ । अर्जेन्टिनाले ६ खेलबाट १५ अंक जोडेको छ । ब्राजिल सात अंकसहित तालिकाको छैटौँ स्थानमा छ । दुवै टिमले अघिल्लो खेलमा हार व्यहोरेका थिए । दक्षिण अमेरिकी छनोटमा कुल १० टिम छन् ।

कसरी सुरु भयो प्रतिद्वन्द्विता ?
क्रिकेटमा भारत–पाकिस्तानजस्तै फुटबलमा ब्राजिल र अर्जेन्टिनाबीच गहिरो प्रतिद्वन्द्विता छ । ब्राजिल र अर्जेन्टिनाबीचको प्रतिद्वन्द्विता क्लबस्तरबाट सुरु भएको थियो । सन् १९७८ मा अर्जेन्टिनाले विश्वकप जितेपछि यो प्रतिद्वन्द्विता झनै बढ्दै गयो ।

सन् १९८२ को विश्वकपको दोस्रो चरणमा ब्राजिलले अर्जेन्टिनालाई ३–१ ले पराजित गरेको थियो । त्यसको आठ वर्षपछि अर्जेन्टिनाले विश्वकपको अन्तिम–१६ मा ब्राजिललाई १–० ले हराउँदै उक्त हारको बदला लिएको थियो ।

त्यसयता यी दुई प्रतिद्वन्द्वीले विश्वकप छनोट, मैत्रीपूर्ण खेल र कोपा अमेरिकामा प्रतिस्पर्धा गरे पनि विश्वकपमा एकार्काविरुद्ध खेलेका छैनन् ।

ewfg-1700640077.jpg

गत वर्ष कतारमा भएको विश्वकपमा यी दुई टिमबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुने सम्भावना थियो । तर, ब्राजिल क्वार्टरफाइनलमा क्रोएसियासँग हारेपछि त्यो सम्भावना सकिएको थियो । सेमिफाइनलमा ब्राजिल प्रतिद्वन्द्वी नपाएको अर्जेन्टिनाले कतार विश्वकपको उपाधि नै जितेको थियो ।

यी दुई राष्ट्रबीच फुटबलका सर्वकालीन महान् खेलाडीका विषयमा पनि विवाद भइरहन्छ । त्यस्तो विवादमा ब्राजिलियन पेलेलाई र अर्जेन्टिनी मेसी र म्याराडोनालाई सर्वकालीन महान् खेलाडीको शीर्ष सूचीमा राख्छन् । यसले पनि यी दुईको प्रतिद्वन्द्विता बढाउन मलजल गरेको छ ।

यही नोभेम्बर ४ मा ब्राजिलको फ्लुमिनेन्सले आफ्ना केही र अर्जेन्टिनी क्लब बोका जुनियर्सका समर्थकबीच सडकमै भएको झगडाको एक सातापछि माराकाना रंगशालामा कोपा लिबर्टाडोरेसको उपाधि जितेको थियो ।

तस्बिरहरू : एपी ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro