site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ऋण नतिर्नेहरूलाई राज्यले छोड्दैन : अर्थमन्त्री महत
फाइल तस्बिर ।
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकबाट ऋण लिएर ऋण नतिर्नेहरूलाई राज्यले नछोड्ने बताएका छन् ।

मंगलबार अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालाहरूसँगको छलफलपछि ऋण लिएर नतिर्नेहरूको सुनुवाइ राज्यबाट नहुने बताए । उनले अफ्ठ्यारोमा परेकाहरूलाई भने सरकारले केही समय उपलब्ध गराउने बताए ।

Agni Group

उनले भने, "साना उद्योग व्यवसायलाई प्रमोट गर्ने क्षेत्रमा पनि अझ तदारुकताका साथ काम गर्ने निस्कर्ष निस्कियो । जो साँच्चिकै समस्यामा छन्, उनीहरूलाई सरकार र राष्ट्र बैंकको तर्फबाट सहजीकरण गर्ने भन्नेकुरा आएको छ । तर ऋणको सवालमा ऋण लिएर पैसा लिएर तिर्दै तिर्दिन भनेर जो लाग्छ, त्यसको सुनुवाइ हुँदैन, त्यो तिर्नैपर्छ । जो अफ्ठ्यारोमा छ, त्यसमा समय दिने सहजीकरण गर्ने भन्नेकुरामा सरकार प्रतिबद्ध छ । उही ऋण लिने र उही ठूलो पल्टिने कुरालाई राज्यले सहन सक्दैन ।"

उनले राज्यको साधनश्रोतले भ्याएसम्म जनताको पीर मर्कामा सरकार प्रतिबद्ध रहेको बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu