site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यू–१९ विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रिका सर्‍यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । आईसीसी यू–१९ विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रिकामा सरेको छ । यसअघि प्रतियोगिताको आयोजनाका लागि श्रीलंकाले अधिकार पाएको भए पनि आईसीसीबाट निलम्बनमा परेपछि विश्वकप दक्षिण अफ्रिकामा सरेको हो ।

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै आईसीसीले नोभेम्बर १० मा तत्कालैदेखि लागु हुनेगरी श्रीलंकाको क्रिकेट बोर्डलाई निलम्बन गरेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार निलम्बनको समयमा श्रीलंकमा आईसीसीबाट मान्यताप्राप्त कुनै पनि प्रतियोगिता हुनेछैन ।

यस्तै, आईसीसीले निलम्बन फुकुवा नहुँदासम्म आर्थिक सहयोग पनि रोक्ने जनाएको छ । यद्यपि, श्रीलंकाको क्रिकेट टिमले भने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउने आईसीसीले जनाएको छ ।

आईसीसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै युवा विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रिका सारिएको जनाएको हो । आगामी वर्ष हुने प्रतियोगितामा नेपाली युवा टिम पनि छनोट भएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro