site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माइतीघरदेखि बानेश्वरसम्मको निषेधाज्ञाविरुद्ध सर्वोच्चमा रिट
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म निषेधाज्ञा गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ता प्रेमराज सिलवाल र भद्रप्रसाद नेपालले मंगलबार छुट्टाछुट्टै रिट निवेदन दायर गरेका हुन् ।

संविधानले बिनाहातहतियार शान्तिपूर्ण भेला गर्ने अधिकार प्रत्याभूत गरेको भन्दै प्रकाशनको निर्णय अन्तरिम आदेशबाट खारेज हुनुपर्ने उनीहरुको माग छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“संविधानको धारा १७ को उपधारा १ र उपधारा २ को खण्ड (क) र (ख)ले प्रत्येक नेपाली नागरिकलाई बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता प्रत्याभूत गरेको छ । माइतीघर मण्डलामा शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न निषेध गर्ने गरी जारी गरिएको सूचना उत्प्रेषण, परमादेशलगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी बदर गरिपाउँ,” रिट निवेदनमा भनिएको छ ।

मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा एउटा पक्ष र नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघको अगुवाइमा अर्को पक्षले प्रदर्शन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डला आसपास निषेधित क्षेत्र घोषणा गरेको छ ।

Royal Enfield Island Ad

अधिवक्ता सिलवालले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाएर रिट दायर गरेका छन् भने अधिवक्ता भद्रप्रसाद नेपालले भने वारेसमार्फत रिट दायर गराएका हुन् । अधिवक्ता नेपालले रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाएका छन् ।

यसअघि, केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७ सालमा माइतीघर आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि त्यसविरुद्धको रिटमा यसअघि नै सर्वोच्च अदालतले जनताको शान्तिपूर्ण विरोध प्रदर्शनको अधिकार प्रतिबन्ध नलगाउन परमादेश जारी गरिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro