site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कानको शल्यक्रियापछि शिक्षण अस्पतालको भीआईपी क्याबिनमा शिक्षामन्त्री राई
तस्बिर : मन्त्री राइको सचिवालयबाट ।
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको आज त्रिवि शिक्षण अस्पतालमा कानको जटिल शल्यक्रिया गरिएको छ । बायाँ कानमा समस्या भएका राईको सोमबार शल्यक्रिया गरी कोक्लियर इम्प्लान्ट गरिएको अस्पतालले जनाएको छ ।

“उहाँको कोक्लियर इम्प्लान्ट गरिएको हो, अहिले भीआईपी क्याबिन ६०१ मा हुनुहुन्छ । स्वास्थ्य अवस्था सामान्य छ,” अस्पतालका निमित्त प्रशासन प्रमुख प्रमोदकुमार निरौलाले बाह्रखरीसित भने ।

Agni Group

६६ वर्षीय मन्त्री राईको बायाँ कानमा लामो समयदेखि पाक्ने, पिप जम्ने, संक्रमण भइरहने समस्या थियो । जसकारण उनको श्रवण शक्ति पूर्ण रुपमा बन्द थियो ।

सोमबार शिक्षण अस्पतालमा उनको ‘सबटोटल प्रेट्रोसेक्टोमी विथ कक्लिअर इम्प्लान्ट’ गरिएको अस्पतालले जनाएको छ ।

Global Ime bank

कक्लियर इम्प्लान्ट कानको श्रवणशक्ति फर्काउनका लागि राखिने एक प्रकारको विद्युतीय डिभाइस हो । श्रवणसम्बन्धी गम्भीर समस्या भएका व्यक्तिहरुका लागि यो प्रभावकारी उपचार विधि मानिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Kitchen conceptKitchen concept
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu