site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘यमनसँग नेपालको विगत नकारात्मक छ, यसपटक जित्न चाहन्छौँ’

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले यमनविरुद्ध नेपालको विगत नकारात्मक रहे पनि यसपटक जित्नलाई खेल्ने बताएका छन् ।

नेपालले मंगलबार फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा यमनलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ७ बजेदेखि सुरु हुनेछ ।

Dabur Nepal
NIC Asia

खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अल्बर्टो एनेसले यमनविरुद्ध नेपालले उच्चस्तरको प्रदर्शन गर्ने बताए ।

“हाम्रो तयारी राम्रो छ । यमनसँग नेपालको यसअघिका खेलको नतिजा राम्रो छैन । सन् २०१७ मा गोलरहित बराबरी खेल्नुबाहेक नेपालले सबै खेलमा हार बेहोरेको छ । यसपटक हामी जित्न चाहन्छौँ । हामी उच्चस्तरको प्रदर्शन गर्न चाहन्छौँ । किनकि हामी निकै बलियो टिमसँग खेल्न जाँदैछौँ । जोसँग निकै अनुभवी प्रशिक्षकको साथ छ,” उनले भने ।

उनले नेपाली टिमको भावनात्मक सम्बन्ध बलियो बनेको समेत बताए । “यसपटक टिममा एक प्लस प्वाइन्ट छ । म नेपाली टिमको प्रशिक्षक बनेर आउँदा यो एक टिममात्र थियो । तर, अहिले टिमको भावनात्मक सम्बन्ध बलियो बनेको छ । एकसाथ टिमको रूपमा खेल्न पाउँदा सबै खुसी छौँ । भोलिको खेलका लागि हामी तयार छौँ,” प्रशिक्षक अल्बर्टो एनेसले थपे ।

छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा छ । यस समूहमा नेपालसँगै यमन, युनाइटेड अरब इमिरेट्स (यूएई) र बहराइन छन् । यसअघि पहिलो खेलमा नेपाल यूएईसँग उसैको मैदानमा ४–० ले पराजित भएको थियो ।

नेपाली टिमका कप्तान किरण चेम्जोङ यूएईसँगको हार विगत भएको भन्दै जितका लागि शतप्रतिशत दिने बताए ।

“सबै कुरा कोचले भनिसक्नुभयो । छनोटको पहिलो खेल अब विगत भइसक्यो । त्यो खेललाई हामीले सम्झिएर हुने पनि केही होइन । घरेलु मैदानमा हुने भोलिको खेलका लागि ममात्र होइन टिमका सबैजना उत्साहित छौँ,” कप्तान किरणले भने, “टिम आत्मविश्वासी छ । मैले पहिलेदेखि नै भन्दै आएको छु, दशरथ रंगशाला मेरा लागि विश्वकै उत्कृष्ट रंगशाला हो । यमनविरुद्ध जित्नका लागि पनि आफ्नो ठाउँबाट शतप्रतिशत प्रयास रहने छ । भोलिको खेल जितेर छनोटको दोस्रो चरणको यात्रामा नेपालको आसलाई कायम राख्न चाहन्छौँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro