site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालअधिकार हननमा संलग्नलाई कारबाही गर : मानवअधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले बालअधिकार हननमा संलग्नलाई कारबाही गर्न आग्रह गरेको छ । अन्तर्राष्ट्रिय बालअधिकार दिवसका अवसरमा सोमबार विज्ञप्ति जारी गर्दै आयोगले यस्तो आग्रह गरेको हो ।

“बालअधिकारको हननमा संलग्नहरूलाई कानुनबमोजिम कारबाही गर्न, बालबालिकाको गाँस, बास, कपासलगायत शिक्षा, स्वास्थ्यजस्ता आधारभूत अधिकारको सुनिश्चितता गरी बालअधिकारको रक्षा गर्न र बाल सुधारगृहको व्यवस्थित रूपमा सञ्चालनका लागि आवश्यक कार्य गर्न आयोग तीनै तहका सरकारलाई आग्रह गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

नेपालको संविधान, कानुन र महासन्धिमा भएका प्रावधानको पालना गर्न÷गराउन आयोगले तीनै तहका सरकारलाई भनेको छ ।

“बालअधिकारको संरक्षण र वकालतमा परिणाममुखी ढंगले कार्य गर्न समेत आयोग सम्पूर्ण नागरिक, अभिभावक, राजनीतिक दल, अधिकारकर्मी र सर्वसाधारणलाई अनुरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

यो वर्षको अन्तर्राष्ट्रिय बालअधिकार दिवसको नारा ‘फर एभ्री चाइल्ड, एभ्री राइट’ रहेको छ । “आज नेपाललगायत विश्वमा बालअधिकारको लागि प्रशस्तै कानुन निर्माण र महासन्धिहरू जारी भए पनि महासन्धि र कानुनले परिकल्पना गरेझैँ बालअधिकारको पूर्ण प्रत्याभूति हुन सकेको छैन,” आयोगले औँल्याएको छ ।

आयोगले स्पष्ट शब्दमा भनेको छ, “बालअधिकारको हनन र बालयौन दुराचारमा संलग्नहरूलाई कानुनबमोजिम कारबाही हुन सकेको छैन ।” 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro