site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतसँगका सम्झौताको समीक्षा गर्दै माल्दिभ्स, भारतीय सेना फिर्ता पठाउन सुरु
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । माल्दिभ्सले भारतसँग भएका १०० वटा सम्झौताको समीक्षा गर्न सुरु गरेको बताएको छ । यससँगै माल्दिभ्सको नयाँ सरकारले आफ्नो भूमिमा रहेका ७७ जना भारतीय सेनालाई फिर्ता पठाउने प्रक्रिया पनि सुरु गरेको जनाएको छ ।

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जूले भारतलाई औपचारिक रुपमा आफ्ना सैनिक स्वदेश फर्काउन आग्रह गरेको भोलिपल्ट भारतसँगका सम्झौताको समीक्षा गर्ने काम पनि सुरु भएको घोषणा गरिएको हो ।

Agni Group

माल्दिभ्सको राष्ट्रपति कार्यालयका सचिव मोहम्मद फिरोजुल अब्दुल खलीले पत्रकार सम्मेलनमा माल्दिभ्समा ७७ जना भारतीय सैनिक रहेको जनाएका हुन् ।

माल्दिभ्सका मिडियाले फिरोजुललाई उद्धृत गर्दै हेलिकोप्टरको व्यवस्थापन गर्न २४ जना, डोर्नियर विमानको व्यवस्थापन गर्न २५ जना, अर्को एक हेलिकोप्टर व्यवस्थापन गर्न २६ जना र इन्जिनियरिङ सेवाको लागि दुईजना भारतीय सैनिक हाल माल्दिभ्समा रहेको उल्लेख गरेका छन् ।

Global Ime bank

गत सेप्टेम्बरमा राष्ट्रपतिको चुनाव जितेका मुइज्जूले माल्दिभ्सबाट ७७ जना भारतीय सेना हटाउने प्रक्रिया सुरु गरेको फिरोजुलले बताएका छन् ।

हिन्द महासागरमा रहेको टापु राष्ट्र माल्दिभ्स भारतको लागि रणनीतिक रुपमा महत्वपूर्ण देश हो । इब्राहिम मोहम्मद सोलिहको सरकारको पालामा भारत र माल्दिभ्सको सम्बन्ध निकै सुमधुर रहेको थियो ।

नयाँ राष्ट्रपतिको निर्वाचनको समयमा मुइज्जूले आफू निर्वाचित भए माल्दिभ्सबाट भारतीय सेना हटाउने प्रतिवद्धता जनाएका थिए । सोहीअनुसार उनले अहिले भारतीय सेना हटाउन लागेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Kitchen conceptKitchen concept
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu