site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतविरुद्ध अस्ट्रेलियाका ओपनर हेडको शतक
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतविरुद्ध ब्याटिङ गरिरहेको अस्ट्रेलियाबाट ओपनर ब्याटर ट्राभिस हेडले शतक बनाएका छन् ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा घरेलु टिमले दिएको २४१ रनको लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाबाट हेडले ९५ बलमा १४ चौका र एक छक्कासहित १०० रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हेडको यो पाँचौँ शतक हो ।

Agni Group

जारी खेलको ३४ ओभर समाप्त हुँदा अस्ट्रेलियाले तीन विकेट गुमाएर १८५ रन बनाएको छ ।

अस्ट्रेलियाबाट हेडसँगै क्रिजमा रहेका मानुर्स लाबुसचेज्नेले ४१ रन बनाएका छन् । ४७–३ को कठिन अवस्थाबाट यी दुईले हालसम्म १३८ रनको साझेदारी गर्दै अस्ट्रेलियाको इनिङ सम्हालिरहेका छन् ।

Global Ime bank

त्यसअघि खेलको पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रनको योगफल खडा गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Maruti cementMaruti cement
ICACICAC