site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतको आठौँ विकेट पनि पतन

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतविरुद्ध अस्ट्रेलियाका एडम जाम्पाले आठौँ सफलता दिलाएका छन् ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले जसप्रित बुमराहलाई आठौँ विकेटको रूपमा गुमाएको हो । बुमराहले भारतीय टिमको स्कोर बोर्डमा एक रन थपे ।

Dabur Nepal
NIC Asia

जारी खेलको ४५ ओभर समाप्त हुँदा भारतले आठ विकेट गुमाएर २१५ रन बनाएको छ । यसअघि भारतीय टिमको खातामा कप्तान रोहित शर्माले ४७, विराट कोहलीले ५४ रन थप्दा श्रेयस ऐयर र सुभमन गिलले समान चार रन जोडेका थिए । रविन्द्र जडेजा नौ र केएल राहुल ६६ रनमा आउट भए । मोहम्मद सामीले ६ रन बनाए ।

दुवै टिम प्रतियोगिताको १३औँ संस्करणमा आफूलाई विजेता बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । हालसम्म भारतले दुई र अस्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधि जितेका छन् ।

विश्वकपको फाइनलमा स्थान बनाउने क्रममा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको थियो ।

प्रतियोगितामा भारत एक मात्र अपराजित टिम हो । भारतले समूह चरणको खेलमा अस्ट्रेलियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro