site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड २८ लाख जम्मा 

काठमाडौं । भूकम्पपीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड २८ लाख २९ हजार ३०५ रुपैयाँ जम्मा भएको छ । 

जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गएको भूकम्पपछि प्रभावितहरूको सहयोगका लागि कोषमा उक्त रकम जम्मा भएको हो । 

विभिन्न संघसंस्था र व्यक्तिहरूले कात्तिक १८ गतेदेखि मंसिर १ गतेसम्मको अवधिमा उक्त रकम कोषमा जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण संरचना भत्किँदा जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु भएको थियो । भूकम्पले १३ जिल्लामा ६२ हजारभन्दा बढी घरमा क्षति गरेको थियो । 

भूकम्पले ठूलो जनधनको क्षति गरेपछि सरकारले भूकम्पपीडितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सर्वसाधरणलाई आह्वान गरेको थियो । त्यसपछि विभिन्न संघसंस्था र व्यक्तिहरूले कोषमा रकम जम्मा गर्दै आएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro