site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
कामदारको उद्धार गर्न नयाँ सुरुङ !

देहरादुन । भारतीय उद्धारकर्मीले एउटा भत्किएको सुरुङमा फसेका ४१ कामदारलाई बाहिर निकाल्न ठाडो सुरुङ बनाउने विचार गरिरहेका छन् । फसेका कामदारलाई बाहिर निकाल्ने प्रयास दोस्रो हप्तामा पुगेको छ ।

एक्साभेटरहरूले गएको आइतबारदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कंक्रिट र भग्नावशेष निकालिरहेका छन् । निरन्तर खसेको भग्नावशेषका साथै महत्त्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुईपटक एयरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ ।

अधिकारीहरूका अनुसार भग्नावशेषका बीच कर्कश आवाजले ‘आतंकको स्थिति’ उत्पन्न भएपछि शुक्रबार राति ड्रिलिङ बन्द गरिएको थियो ।

सरकारको राजमार्ग तथा पूर्वाधार निर्माण कम्पनी एनएचआईडीसीएलका अनुसार भग्नावशेष अझै खस्ने सम्भावनाका कारण उद्धार कार्य रोकिएको थियो ।

सुरुङमा फसेकासँग रेडियोमार्फत कुराकानी गर्ने आफन्तका अनुसार अवस्था गम्भीर छ र उनीहरूले मनोबल कम भएको बताएका छन् । “उनीहरू रोइरहेका छन् । उनीहरूलाई बचाउनका निम्ति भइरहेका उद्धार प्रयासबारे हामीले झुट बोलिरहेको हो कि भनेर सोध्न थालेका छन्,” आफ्नो नाम उल्लेख नगरी एक आफन्तले शनिबार पत्रकारलाई भने ।

इन्जिनियरहरूले भग्नावशेषको माध्यमबाट करिब ९० सेन्टिमिटर (करिब तीन फिट) चौडाइ भएको स्टिलको पाइप तेर्सो रूपमा चलाउने प्रयास गरिरहेका छन् । उद्धार कार्यमा संलग्न वरिष्ठ अधिकारी भाष्कर खुल्बेका अनुसार उद्धारकर्मीको टोलीले अहिले माथिबाट समेत पूरै नयाँ सुरुङ खन्ने विचार गरिरहेको छ ।

“हामीले कामदारहरूलाई बचाउन सबै विकल्प खोजिरहेका छौँ । हामीसँग स्रोत, विकल्प र विधिको कुनै कमी छैन,” उनले भने । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro