site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
केबलकारलाई यातायातको रूपमा प्रयोग गर्न आवश्यक : कुलमान घिसिङ
फाइल तस्बिर ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबलकारलाई ट्रान्सपोटेसन (यातायात)को रूपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन् । 

लुम्बिनी केबलकारको भ्रमणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केबलकारलाई पर्यटनको हिसाबले मात्रै नभइ ट्रान्सपोटेसनको हिसाबले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताए । 

उनले नेपालमा सडक बनाएर डाँडामा पुग्नुभन्दा केबलकार बनाएर त्यहाँको प्रवर्द्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको बताए । केबलकारहरूले नेपालको अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवर्द्धन गर्न र विद्युत् खपत बढाउने काम गरेको उनको भनाइ छ ।  

उनले नेपालको भौगोलिक अवस्थालाई बुझेर केबलकारको संख्या अझै बढ्नुपर्नेमा जोड दिए । 

उनले भने, "धेरै केबलकारहरूले नेपालको आर्थिक क्रियाकलाप र पर्यटनदेखि विद्युत् खपत पनि राम्रो गर्छ । नेपालको भौगोलिक अवस्था र नेपालको जियोलोजिकल अवस्था र हाम्रो हिमाल, पहाड र तराईको अवस्थालाई हेरेर धेरै केबलकार बढ्नुपर्छ । यस्तै, केबलकारहरूले हाम्रो विद्युत्को खपत बढ्ने हो र यो विभिन्न ठाउँमा इकोनोमिक एक्टिभिटी बढ्छ, पर्यटकहरू बढ्छन्, रोजगारीको अवसर पनि बढ्छ । केबलकारलाई पर्यटनको हिसाबले मात्रै नभइ ट्रान्सपोटेसनको हिसाबले पनि नेपालमा केबलकारको महत्वपूर्ण भुमिका हुनेछ । नेपालमा बाटो बनाएर डाँडामा पुग्नुभन्दा पनि ठूला ठूला ट्रान्सपोटेसन केबलकारबाट गर्दा राम्रो हुन्छ । यसले विद्युत् खपतका साथै इकोनोमिमा राम्रो गर्छ । लुम्बिनी केबलकार महत्वपूर्ण छ ।"

त्यस्तै, लुम्बिनी केबलकारका अप्रेसन म्यानेजर डीएन कायस्थले दसैँ तिहारको बीचदेखि अहिलेसम्म पर्यटकको भीड रहेको बताए ।आफूहरूले अपेक्षा गरेअनुसारकै पर्यटकहरू आएकोमा खुसी व्यक्त गरे ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro