काठमाडौं । चारदिने छठ पर्वको मुख्य दिन आइतबार (कात्तिक ३) निराहार व्रत बसी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ । त्यसका निम्ति देशभरका विभिन्न मन्दिर र पोखरी सिँगारिएको छ ।
झिलिमिली बत्ती, ध्वजापताका, तोरणले मन्दिर र पोखरी सजाइएको देखिन्छ । पोखरी र घाटछेउमा तयार गरिएको स्थलमा बर्तालु बस्ने गर्छन् ।
सिँगारिएको धनुषाको जनकपुरधामस्थित पवित्र सरोवर गंगासागर घाट । तस्बिर : चन्द्रदेव साह/रासस ।
यो वर्ष छठको पहिलो दिन शुक्रबार (हिजो) बर्तालुले बिहानै घर–आँगनको सरसफाइ र स्नान गरेर चोखो खानेकुरा खाए । यसलाई नहायखाय भन्ने गरिएको छ । दोस्रो दिन शनिबार खरना विधि गरिन्छ । यस दिन पनि बिहानै घर–आँगनको सफाइ गरी व्रत बसेर बेलुका सखरमा पकाएको खीर खाइन्छ । यसै दिन दिन ठेकुवा, भुसुवाजस्ता परिकार पनि बनाइन्छ ।
कार्तिक शुक्ल सप्तमीका दिन बिहान सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो सूर्य आराधनाको पर्व छठ समापन हुन्छ ।
छठका निम्ति सिँगारिएको बाँकेको नेपालगन्जस्थित बागेश्वरी मन्दिर । तस्बिर : रुपनी जीएम/रासस ।
छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउ, मिठाई आदिको बढी प्रयोग गरिन्छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा–आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दान गरेमा मनले चिताएको पूरा हुने सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख छ ।
काठमाडौंको गौरीघाटस्थित वाग्मती नदी किनारमा छठका निम्ति निर्माण गरिएको पूजास्थल । तस्बिर : हरिराम भेटुवाल/रासस ।
महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित सिँगारिएको वरुण सरोवर । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस ।
सिरहाको लहान नगरपालिका–३ स्थित पोखरीमा स्थानीयले गरेको छठ पर्वको तयारी । तस्बिर : लोकेन्द्रप्रसाद यादव/रासस ।
धनुषाको जनकपुरधामस्थित अंगराजसर पोखरीमा छठ पूजाका निम्ति सजाइएको घाट । तस्बिर : निरञ्जनकुमार साह/रासस ।
सिँगारिएको बाँकेको नेपालगन्जस्थित बागेश्वरी मन्दिर । तस्बिर : रुपनी जीएम/रासस ।
सप्तरीको राजविराजस्थित हटियामा छठ पूजाका निम्ति बिक्री गर्न राखिएको उखुलगायत सामग्री । तस्बिर : अरूणकुमार यादव/रासस ।
काठमाडौंको कमलपोखरीको दृश्य । छठ मनाउन यहाँ तयारी पूरा गरिएको छ। तस्बिर : किरणराज विष्ट/रासस ।