site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देशलाई विदेशीको क्रीडास्थल बनाउन एमाले र सेनामाथि प्रहार : पोखरेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाललाई विदेशीको क्रीडास्थल बनाउन आफ्नो पार्टी र नेपाली सेनामाथि प्रहार भइरहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सेना र एमालेलाई कमजोर बनाइए राष्ट्रलाई विदेशीको क्रीडास्थल बनाउन सकिने मनसायले आफूहरूमाथि प्रहार भइरहेको उनले जिकिर गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले ‘सत्तामा रहनेहरूको प्रहारको निसाना, आफूलाई वैकल्पिक शक्ति भनेर आउनेहरूको निसाना र प्रतिगामीहरूको निसानामा नेकपा (एमाले) किन ?’ भन्दै प्रश्न गरे । यो देशभक्त शक्तिमाथिको प्रहार भएको उनको भनाइ थियो ।

उनले एमाले नेतृत्वमाथिको प्रहार नेपाली जनताको भविष्यमाथिको आक्रमण भएको उल्लेख गरे ।

Global Ime bank

“यति बेला दुई शक्तिमाथि प्रहार भइरहेको छ । एउटा नेकपा (एमाले) र अर्को नेपाली सेना । यी दुईवटा शक्तिलाई कमजोर पार्न सकियो भने नेपाल राष्ट्रलाई विदेशीहरूको क्रीडास्थल बनाउन सकिन्छ, पकेट बनाउन सकिन्छ, नेपाल राज्यलाई भन्ने मान्यताका आधारमा नेकपा (एमाले)माथि प्रहार भइरहेको छ । हामीले भन्नसक्नुपर्छ– नेकपा (एमाले) यति बेला सरकारमा छैन, तर प्रहारको निसानामा नेकपा (एमाले) छ,” उनले भने, “सत्तामा रहनेहरूको प्रहारको निसाना एमाले, आफूलाई वैकल्पिक शक्ति भनेर पुराना होइन, नयाँ भन्नेहरूको प्रहारको निसाना पनि एमाले, परिवर्तन असफल भयो, अब राजा नै चाहिन्छ भन्नेहरू प्रतिगामीको प्रहारको निसाना पनि एमाले । के नेकपा (एमाले) अहिले सरकारमा छ र ? प्रतिपक्षमा रहेको यो पार्टीमाथिको प्रहार किन ? हामी सबैले गम्भीरतापूर्वक मनन गर्नुपर्छ । यो एमालेमाथिको प्रहार होइन, देशभक्त शक्तिमाथिको प्रहार हो । यो एमाले नेतृत्वमाथिको प्रहार होइन, नेपाली जनताको भविष्यमाथिको प्रहार हो ।”

महासचिव पोखरेलले राष्ट्रनिर्माणको नयाँ यात्रा आरम्भ गर्न अब एमालेसम्बद्ध युवा, विद्यार्थी संगठनहरू जुर्मुराएको बताए । मंसिर ७ गते एक किसिमले एमालेको ‘वार्मअप’ मात्र भएको उनको भनाइ थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement