site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
टिकटकमाथि पूर्ण प्रतिबन्ध : इरान, सोमालिया, नेपालसहित ६ देश

काठमाडौं । सरकारले गत सोमबारदेखि टिकटक सञ्चालनमा पूर्ण प्रतिबन्ध गरेको छ । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेको भन्दै तत्कालका लागि बन्द गर्ने निर्णय सरकारले गरेको थियो । नेपालमा जसरी टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने देशको संख्या भने निकै न्यून छ । टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने देशमध्येमा नेपाल, भारत, अफगानिस्तान, इरान, किर्गिस्तान र सोमालिया रहेका छन् ।

नियमन गर्न छोडेर सरकारले किन बन्द गर्‍यो टिकटक ?

भारतले भने सन् २०१९ मै भूराजनीतिक तनावका कारण पब्जी, टिकटकलगायत ५० भन्दा बढी चिनियाँ एप प्रतिबन्ध गरेको थियो । अफगानिस्तानमा तालिबान सरकार आएपछि उनीहरूले सन् २०२२ को अप्रिलमा टिकटक प्रतिबन्ध गरेका थिए । इरान सरकारले टिकटक आफ्नो देशमा प्रचलित कानुनविपरीत भएको भन्दै गत मेमा प्रतिबन्ध गरेको थियो ।

किर्गिजस्तानले बालबालिकाको मानसिक विकास र समग्र विकासमा प्लेटफर्मले असर पारेको भन्दै गत अगस्ट ३० मा टिकटक बन्द गरेको थियो । सोमालियाले पनि गत अगस्टमै टिकटक, टेलिग्राम, वानएक्सबेट लगायतका एपमाथि प्रतिबन्ध लगाएको थियो ।

नेपाललाई टिकटकको पत्र– प्रतिबन्धको कारण खुलाऊ, माग सम्बोधन गर्छौं

अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, नर्वे, बेल्जियमलगायत अन्य युरोपेली देशहरूले भने खासगरी सरकारी उपकरण र सरकारी अधिकारीले प्रयोग गर्ने उपकरणहरूमा मात्रै टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाएका छन् ।

यी देशमा छ टिकटक प्रतिबन्ध, सर्वसाधारणका लागि बन्द गर्ने थोरै

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro