site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
नेपाललाई टिकटकको पत्र– प्रतिबन्धको कारण खुलाऊ, माग सम्बोधन गर्छौं
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रतिबन्धमा परेपछि टिकटकले नेपाललाई पत्र पठाएको छ । टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय नेपाल सरकारसँगको सहकार्य विपरीत रहेको पत्रमा उल्लेख छ ।

नेपाल दूरसञ्चार प्राधिकरणलाई सम्बोधन गरेर लेखिएको पत्रका भनिएको छ, "टिकटक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न संवादका लागि सहकार्य गर्न प्रतिबद्ध छौँ । साथै हामी टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय लिनुको स्पष्ट कारणसमेत खुलाइदिन अनुरोध गर्दछौँ ।"

Agni Group

टिकटकले आफूहरूले नियमितरूपमा सहकार्यको प्रयास गरेको समेत दाबी गरेको छ । विभिन्न मिति नै उल्लेख गरेर टिकटकले सुरक्षा चुनौतीलाई सम्बोधन गर्न प्रयास भएको तर्क गरेको छ ।

उसले अक्टोबर २०२२ देखि जुन २०२३ सम्मको अवधिमा कम्युनिटी गाइडलाइन्स उलङ्घन गर्ने नेपाली प्रयोगकर्ताका २९ लाख ८० हजार भिडिओ हटाएको पनि बताएको छ ।

Global Ime bank

टिकटकले वाक स्वतन्त्रताको विषय पनि उठाएको छ । रचनात्मक अभिव्यक्तिका लागि धेरैले प्रयोग गर्ने प्लेटफर्ममाथि प्रतिबन्ध लगाउनु वाक तथा अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तविपरीत हुने टिकटकको तर्क छ ।

"नेपाल सरकारबाट उठाइएका कुनै पनि सरोकारका विषयलाई सम्बोधन गर्न र दुवै पक्षको चासोलाई समेट्नेतर्फ काम गर्नेछौँ," टिकटकले भनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu