देश

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–५, कामीटोलमा बुधबार मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रेको पनौती नगरपालिका–३, थापागाउँ बस्ने ३५ वर्षीय राजु श्रेष्ठ रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कामीटोलमा–कल्लेरीबाट चौतारा जाँदै गरेको बा २ ख ८२१३ नम्बरको खाली मिनि ट्रक आफैँ नियन्त्रित भइ सडकबाट ५०० मिटर तल खसेको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८० ११:४१
प्रतिक्रिया दिनुहोस्