site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सी–बाइडेन वार्तापछि अमेरिका र चीनबीच उच्चस्तरीय सैन्य सञ्चार पुनः सुरु

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेन उच्चस्तरीय सैन्य सञ्चार पुनः सुरु (पुनर्स्थापित) गर्न सहमत भएका छन् ।

सन् २०२२ मा तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले अमेरिकासँगको सैन्य सञ्चार बन्द गरेको थियो ।

दुई प्रमुख शक्तिबीच स्पष्ट संवाद नहुँदा सैन्य द्वन्द्वको सम्भावना हुने चिन्तासहित अमेरिकाले यसलाई पुनर्स्थापना गर्न खोजिरहेको थियो ।

दुई नेताबीच करिब एक वर्षपछि पहिलो पटक बुधबार सान फ्रान्सिस्को नजिक रहेको फिलोली एस्टेटमा आमनेसामने भेटवार्ता भएको हो ।

करिब चार घण्टाको वार्तामा द्विपक्षीय सम्बन्ध स्थिर बनाउने र सैन्य सञ्चार पुनर्स्थापित गर्ने लगायतका विषयमा सहमति भएको छ । 

यस वर्षको सुरुमा अमेरिकाले चीनले आफ्नो आकाशमा जासुसी बेलुन पठाएको आरोप लगाएपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण भएको थियो ।

दुई नेताले गाजा र युक्रेनमा भएको युद्ध तथा ताइवानका विषयमा पनि छलफल गर्ने अपेक्षा गरिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro