खेल
काठमाडौं । भारतीय क्रिकेट विराट कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । बुधबार विश्वकप क्रिकेटको सेमिफाइनलमा उनले ५० शतक पूरा गर्दै सचिन तेन्दुलकरले बनाएको ४९ शतकको कीर्तिमान तोडेका हुन् ।
सचिनले आफ्नो ४५१औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ४९ शतक बनाएका थिए । सचिनको कीर्तिमानीसँग कोहलीले आफ्नो २७७औँ खेलमा बराबरी गरेका थिए । बुधबार आफ्नो २७९औँ खेलमा उनले ५० शतक पुर्याएर नयाँ कीर्तिमान बनाएका हुन् ।
न्युजिल्यान्डविरुद्धको खेलमा कोहलीले ११३ बलमा ९ चौका र दुई छक्कासहित ११७ रन बनाए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८० १८:०८
प्रतिक्रिया दिनुहोस्