देश
काठमाडौं । हरेक वर्षको भाइटीकाझैँ यो वर्ष पनि 'अञ्जली दिदी'ले सामूहिक भाइटीका लगाइदिएकी छन् । काठमाडौंको मरूमा रहेको काष्ठमण्डप मरू सतलको गोरखनाथ परिसरबा उनले सामूहिक भाइटीका लगाइदिएकी हुन् ।
उनको हातबाट सयौँजनाले टीका थापेका छन् ।
अञ्जली दिदीले २०५५ सालदेखि नै सामूहिकरूपमा भाइटीका लगाउँदै आएकी छन् । उनले तिहारको अवसरमा भाइटीका लगाइदिएको यस वर्षसँगै २५ वर्ष पूरा भएको छ ।
२००१ सालमा जन्मिएकी अञ्जली दिदी काठमाडौं बांगेमुढाका रैथाने मास्के परिवारी छोरी हुन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८० १६:०३
प्रतिक्रिया दिनुहोस्