site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पोखरा महानगरले बिक्री नभएका फूलका लागि प्रतिमाला २० रुपैयाँ दिने

गण्डकी । पोखरा महानगरपालिकाले फूलमेला तथा प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरूप प्रतिमाला २० रुपैयाँ दिने भएको छ ।

स्थानीय उत्पादन प्रबर्द्धन कार्यक्रमअन्तर्गत महानगरले कार्तिक २५ देखि २८ गतेसम्म श्री कम्प्लेक्स परिसरमा सञ्चालित मेलामा नबिकेका फूलका लागि प्रोत्साहन रकम दिन लागेको हो ।

प्रदर्शनीमा मागभन्दा बढी आपूर्तिका साथै बाह्य क्षेत्रबाट पनि फूल आएको र विगतको तुलनामा माग कम हुँदा अपेक्षितरूपमा फूलमाला बिक्री हुन सकेको थिएन । पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले किसानलाई प्रोत्साहनस्वरूप महानगरका तर्फबाट प्रतिमाला २० रुपैयाँका दरले दिने निर्णय गरिएको जानकारी दिए ।

उनले भने, “किसानलाई प्रदर्शनीमा ल्याइसकेको फूलमाला नबिकेका कारण प्रोत्साहनस्वरूप प्रतिमाला २० रुपैयाँका दरले एक लाख ३० हजार उपलब्ध गराउने निर्णय भएको हो ।”

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्