site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले भूकम्पपीडितलाई युद्धस्तरमा सेवा दिन सक्नुपर्छ : झलनाथ खनाल
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिम नेपालका भूकम्पपीडितका लागि आवश्यक सेवा उपलब्ध गराउने कामलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरेका छन् ।

जाडोले कठ्यांग्रिएर भूकम्पपीडितहरु मर्नुपरेको दुर्भाग्यपूर्ण समाचार आफूले सुनेको उल्लेख गर्दै सम्मानित नेता खनालले त्यस्तो अवस्था आउन नदिने गरी उनीहरुको सेवामा सरकार युद्धस्तरमा लाग्नुपर्ने बताए । सोमबार काठमाडौंको डल्लुस्थित आफ्नै निवासमा आयोजित देउसीभैलो कार्यक्रममा बोल्दै उनले कतिपय पीडितले अहिले पनि राहत र उद्धार पाउन नसकिरहेको उल्लेख गर्दै त्यसको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।

सम्मानित नेता खनालले तिहारलाई दिदीबहिनी र दाजुभाइबीचको सम्बन्धलाई आत्मीय बनाउने रमाइलो चाडको रुपमा पनि चित्रण गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  २०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro