site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भूकम्पबाट मृत्यु भएकाका परिवारलाई नगद राहत वितरण
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

त्रिवेणी (रुकुम पश्चिम) । जाजरकोट भूकम्ममा परी मृत्यु भएका रुकुमपश्चिमका पीडित परिवारलाई नगद राहत वितरण गरिएको छ ।

सानीभेरी गाउँपालिका–६ मा पीडित १० परिवारलाई रू १६ लाख र आठबीसकोट नगरपालिकाका २० घरपरिवारका ३१ जनालाई राहतबापत रू ५१ लाख गरी रू ६७ लाख रकम बाँडिएको जिल्ल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । सानीभेरीबाट सुरु गरिएको नगद वितरण कार्यक्रम आठबीसकोटमा पुगेर समापन भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार जिल्लामा ४१ जना मृतक परिवारका सदस्यलाई नगद राहत उपलब्ध गराइएको हो । सङ्घीय सरकारबाट प्राप्त भएको राहत रकम मृतक परिवारलाई बाँडिएको उनले जानकारी दिए ।

“अब जिल्लामा कागजात मिलाउन बाँकी रहेका नौ घरपरिवारका १२ मृतकको राहतबापतको रकम वितरण गर्न बाँकी छ । तीमध्ये पाँचजना जिल्ला बाहिरका हुन् । जिल्ला बाहिरकालाई पनि सम्बन्धित जिल्लाबाट प्रक्रिया पुर्‍याएर यहीबाट नगद राहत वितरण गरिने छ,” प्रजिअ पन्तले भने ।

Global Ime bank

सरकारले निर्णय गरेअनुसार प्रत्येक मृतक घरपरिवारलाई रू दुई लाखका दरले राहत रकम दिएको जनाउँदै एकैघरबाट एकजना भन्दा बढी मृत्यु भएकामा रू दुई लाखमा थप रू एक लाख बढाएर उपलब्ध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले बताए । उनका अनुसार सङ्घीय सरकारले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा रू पाँच करोड पठाएको थियो ।

“हालसम्म रू ६७ लाख वितरण गरिएको छ । १२ जनाको राहतबापतको रकम वितरण गर्न बाँकी छ । बाँकी रकम भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण तथा पुनःस्थापनामा खर्च गरिनेछ,” सहायक प्रजिअ बढुवालले भए ।

गत कात्तिक १७ गते राति गएको भूकम्पमा जिल्लाका ५२ र उपचारका क्रममा एक गरी ५३ जनाको मृत्यु भएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय