site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लक्ष्मीपूजामा सयपत्रीकै माला किन ? कसरी गर्ने पूजा ?
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । यो वर्षको तिहार पर्व शनिबारदेखि सुरु भइसकेको छ । यमपञ्चकका पाँचमध्ये पहिलो दिन कागतिहार मनाइएको छ ।

आइतबार (भोलि) कुकुरतिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । तिथिको घटबढका कारण यस्तो भएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार कात्तिक २६ गते दिउँसो २ बजेपछि औँसी तिथि लाग्छ । साँझमा लक्ष्मीको पूजा–आराधना गरिन्छ ।

लक्ष्मीपूजा गर्न सयपत्री फूलको अत्यधिक प्रयोग गरिँदै आएको छ । देशका धेरै स्थानमा लक्ष्मीपूजाका दिन सयपत्री फूलका माला प्रयोग गरिन्छ । तर, लक्ष्मीपूजा गर्न सयपत्री फूल नै चाहिने भन्ने अनिवार्य नरहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सभापति प्रा. डा. माधव भट्टराईले जानकारी दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

शास्त्रमा फूलमा लक्ष्मीको बास हुन्छ भन्ने लेखिएको उनले बताए । सोही कारण लक्ष्मीको पूजा गर्न फूलको प्रयोग गर्ने गरिएको उनले स्पष्ट पारे । यो मौसममा सबैभन्दा बढी सयपत्री फुल्ने हुनाले सोही फूलको प्रयोग धेरै गरिँदै आएको उनको भनाइ छ ।

“शास्त्रमा फूलमा लक्ष्मीको निवास हुन्छ भनिएको छ । त्यसकारणले लक्ष्मीको पूजा गर्ने सन्दर्भमा फूलको प्रयोग हुन्छ । जहाँ लक्ष्मीको पूजा हुन्छ, त्यो ठाउँमा फूल बिछ्याइन्छ । लक्ष्मीलाई फूलको माला लगाइन्छ,” प्रा. डा. भट्टराईले बाह्रखरीसित भने, “कुन फूल लगाउने भन्दाखेरि यो बेलामा, मौसममा सबभन्दा बढी फुल्ने, उपलब्ध फूल सयपत्री । त्यसकारणले नेपाली समाजमा सयपत्री फूलको बढी प्रयोग गरिन्छ । यो धार्मिक पनि हो । यो परम्परागत प्रचलन पनि हो ।”

Royal Enfield Island Ad

लक्ष्मीपूजा गर्न यही फूल चाहिने भन्ने कतै उल्लेख नरहेको उनले बताए । लक्ष्मीपूजाका निम्ति रातो फूल पनि हुने उनले जानकारी दिए ।

“सयपत्री नै चाहिने अनिवार्य होइन । सकभर रातै फूल पनि हुन्छ लक्ष्मीलाई । तर, यो सयपत्रीचाहिँ के छ भने मौसमी फूल हो नि, यो बेला फुल्छ पनि । सयपत्री खास फुल्ने समय शरद् ऋतु हो नि त,” उनले भने ।

देउतालाई फल पनि मौसमानुसार चढाइने गरिएको उनले बताए । अर्थात्, जे धेरै उपलब्ध हुन्छ, त्यसकै प्रयोग गर्ने गरिएको उनको भनाइ छ ।

“हामीले फल चढाउँदा पनि देउतालाई के चढाइन्छ भने ऋतु फलम् समर्णप्रयामीः । त्यो क्रतुमा, त्यो मौसममा फल्ने । त्यसकारणले हामीले हेर्दा दिदीबहिनीले दाजुभाइलाई दिँदाखेरि पनि किन कटुस राखेको भने मौसमी फल हो यो । यतिखेर कटुस हुन्छ,” उनले भने, “अनि, किन ओखर राखेको ? ओखर पनि हुन्छ । तिनीहरू पनि प्रयोग गरे नेपाली समाजमा । त्योचाहिँ प्रचलन नै बसेर गयो । ओखर नभईकन तिहार नै आउँदैन ।”

लक्ष्मीपूजा साँझमा बढी
लक्ष्मीपूजा साँझ वा रातमा गरे हुने उनले बताए । तर, साँझमा बढी गर्ने प्रचलन रहेको उनले जानकारी दिए ।

“लक्ष्मीपूजा साँझमा गर्ने । अथवा, राति गरे पनि हुन्छ । तर, मुख्यचाहिँ साँझमा बढी गरिन्छ । साँझमा या राति लक्ष्मीको पूजा हुन्छ,” प्रा. डा. भट्टराईले भने, “लक्ष्मीपूजा गर्ने मान्छेहरू कतिपय उपवास पनि बसेका हुन्छन्, नखाईकन । लक्ष्मीपूजाको मात्रै प्रसाद लिने एउटा त्यो छ ।”

लक्ष्मीपूजा गर्ने विभिन्न चलन रहेको उनले बताए । “लक्ष्मीको पूजा गर्ने मान्छेहरू रातभर जाग्राम पनि बस्छन् । राति जागा बसेर भजनकीर्तन गरेर लक्ष्मीको पूजाआजा गर्ने, त्यो प्रचलन पनि छ,” उनले भने ।

पहिलेपहिले मनोरञ्जनका साधन नहुँदा जाग्राम बस्न जुवा खेल्ने गरिएको उनको भनाइ छ । रातभर जाग्राम बस्न गाह्रो हुने हुनाले जुवा खेलेर समय कटाउने गरिएको उनले बताए । अहिले जुवा कानुनी रूपमै निषेध छ ।

अँध्यारोमा समयमा उज्यालो बनाएर विभिन्न विधिसहित धनकी देवी भनिने लक्ष्मीलाई आह्वान गर्ने गरिएको उनले जानकारी दिए । “लक्ष्मीलाई साँच्चै पूजा गर्न त गाईको गोबरले लिपेर, त्यसपछि त्यहाँ सरसफाइ गरेर अनि फूलमा उहाँ (लक्ष्मी)लाई विराजमान गराएर,” उनले भने, “अनि, चारैतिर बत्ती बालेर, दीपावली गरेर अँध्यारो त्यो रात्रिमा उज्यालो बनाएर उहाँलाई आह्वान गरिन्छ ।”

मानिस भोकै बसेर श्रद्धासित बेलुका लक्ष्मीको पूजा गर्ने गरिएको उनले बताए । लक्ष्मीपूजामा विभिन्न परिकार र मिठाई चढाउने गरिएको उनले जानकारी दिए ।

“मानिसहरू भोकै बसेर श्रद्धासित बेलुका लक्ष्मीलाई पूजा गरेर विभिन्न किसिमका परिकारहरू चढाउने, सेलरोटीदेखि लिएर हाम्रो नेपाली मिठाईहरू अर्सा, अनर्सा के–के बनाउन सकिन्छ, त्यो चढाउने । फलफूल चढाउने, त्यो पनि मौसमका । आफ्नो यथाशक्ति, यथाभक्ति सबै किसिमले पूजा गरेर फूल, अक्षता, चन्दन, धूप, दीप, नैवेद्य सबै गरिसकेपछि लक्ष्मीको प्रसादका रूपमा भोजन लिने यस्तो चलन अझै पनि छ, ठाउँठाउँमा,” उनले भने ।

मखमली फूल पनि अनिवार्य होइन
प्रा. डा. भट्टराईले भाइटीकामा मखमली फूलको माला पनि अनिवार्य नभएको बताए । त्यसबारे शास्त्रमा नतोकिएको उनले स्पष्ट पारे ।

यो समयमा मखमली फूल पनि बढी फुल्ने भएकाले त्यसको प्रयोग गर्ने परम्परा बसेको उनले बताए । मखमलीको माला लगाउनैपर्ने भन्ने नरहेको उनले सुनाए ।

मखमली फूल हत्तपत्त नओइलाउने भन्ने अर्थमा पनि प्रयोग गर्ने गरिएको उनले बताए । “मखमली फूल हत्तपत्त नओइलाउने भन्ने अर्थ लगाइन्छ । त्यो पनि हो, त्यसलाई पनि मान्न सकिन्छ । तर, खासमा चाहिँ यो पनि ऋतु पुष्प नै हो । यस मौसममा फुल्ने, अब कस्तो भयो अहिले भने मखमली फूल आफ्नो बगैँचामा छैन भने किनेर, जसरी भए पनि, खोजेर भए पनि एउटा मखमलीको मालाचाहिँ लगाउनैपर्ने । यस्तो पनि छ अहिले,” उनले भने ।

दाजुभाइलाई सयपत्रीकै माला लगाइदिए हुने उनले उल्लेख गरे । तर, भाइटीकामा मखमली फूलको माला लगाउने नेपाली संस्कृतिकै रूपमा विकास भएको उनले बताए ।

“अनिवार्य त होइन, तर नेपालीको संस्कृतिको रूपमा यो विकास भएर गइरहेको छ । फलानै फूल भनेर शास्त्रमा तोकिएको छैन । शास्त्रमा नलेखे पनि कतिपयचाहिँ परम्परा पनि बलियो हुन्छ । यसको पनि परम्परै बस्यो,” उनले भने, “अब दिदीबहिनीले मखमली फूलको माला जसरी पनि खोजेर ल्याउँछन् । माला जेको लाइदिए पनि हुन्छ, सयपत्रीकै लाइदिए पनि भो । पहिलेपहिले गोदावरी पनि थियो । अहिले गोदावरी मासिँदै गएको देखेँ । असाध्यै राम्रो गोदावरी फूल ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  २१:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro