site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
झोलुङ्गे पुललाई पर्यटनसँग जोड्नु आवश्यक छ : मन्त्री गुरूङ
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सहरी विकासमन्त्री सीता गुरूङले झोलुङ्गे पुललाई पर्यटनसँग जोड्नुपर्ने बताएकी छन् ।

शुक्रबार नेपालमा १० हजारभन्दा बढी झोलुङ्गे पुलहरु निर्माण सम्पन्न भएको उपलक्ष्यमा गरिएको तस्बिर प्रदर्शनी कार्यक्रममा बोल्दै मन्त्री गुरूङले झोलुङ्गे पुलहरुलाई पर्यटनसँग जोड्नुपर्ने बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विगतमा झोलुङ्गे पुलहरु केबल एक गाउँबाट अर्को गाउँ जानको निम्ति र खोला वारपार गर्ने प्रयोजनको निम्ति बनाइने गरेको उल्लेख गर्दै अब शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार क्षेत्रको विकाससँग जोड्नुपर्ने बताइन् । 

झोलुङ्गे पुललाई खोलानालामा मात्रै केन्द्रित नगरी पर्यटनको सम्भावना भएका ठाउँहरुमा पनि निर्माण गर्नुपर्ने उनको भनाइ छ । एक पहाडबाट अर्को पहाड जोड्ने झोलुङ्गे पुल निर्माण गरी पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै उनले यसको निम्ति मन्त्रालयले नीतिगत व्यवस्था गरिसकेको स्पष्ट पारिन् ।

Global Ime bank

झोलुङ्गे पुललाई नागरिकको जनताको आय–आर्जनसँग जोड्नुपर्ने पनि उनले बताइन् । भूगोलअनुसार कहाँ केको व्यावसायिक खेती गर्न सकिन्छ भनेर सूचीकृत गर्न सकेमा सो क्षेत्रको आर्थिक समृद्धिमा सघाउ पुग्ने पनि उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement