site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने विषयमा छलफल गर्न सभामसख घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

सभामुखको सचिवालयका अनुसार बैठक आज बिहान १० बजे संसद्को शंकर हलमा बस्नेछ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज चौथोपटक विश्वासको मत लिने कार्यक्रम छ । संसद् बैठक बिहान ११ बजेका बोलाइएको छ । त्यसअघि कार्यव्यवस्थाको बैठक बोलाइएको हो । 

जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

जनता समाजवादी पार्टी नेपाल वैशाख ३१ मा सरकारबाट बाहिरिएको थियो । एकजना सांसदले समर्थन फिर्ता लिए पनि सरकारले विश्वासको मत लिनु पर्ने संविधानको धारा १०० को उपधारा २ मा व्यवस्था छ । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro