site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बर्तौलामाथि खुकुरी प्रहारपछि हुलिया परिवर्तन गरेर भागेका थिए आरोपी
Tiktok banner adTiktok banner ad

काठमाडौं । माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघका सह–अध्यक्ष जनक बर्तौलामाथि खुकुरी प्रहार गरेर आरोपी हिँड्दै बुद्धनगर पुगेको खुलेको छ ।

बुधबार साँझ काठमाडौंको पुरानो बानेश्वरतर्फ हिँडिरहेका बर्तौलाको पछाडिबाट टाउकोमा खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट घाइते भएका बर्तौलाको हाल नर्भिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले आरोपीको खोजी तीव्र पारेको छ । अनुसन्धानमा खटिएका प्रहरीले घटनास्थलदेखि आरोपी भागेको रुट पत्ता लगाएको छ ।

मंगोलियन अनुहार भएका ती आरोपीले खुकुरी प्रहारपछि हुलिया परिवर्तन गरेर भागेको खुलेको छ । बानेश्वरमा खुकुरी प्रहारपछि उनी थापागाँउ हुँदै करिडोरको बाटो बुद्धनगर पुगेको देखिएको छ ।

कालो ट्राउजर, खैरो हुडी र कालो मास्क लगाएर आक्रमण गरेका उनी निलो ज्याकेट लगाएर फर्किएको देखिएको छ ।

थापागाउँमा आक्रमण गर्न लिएको दुई वटा खुकुरी, झोला र जुक्तासमेत छोडेर उनी हिँड्दै भागेका थिए । आठ नम्बरको जुत्ता उनले छोडेर हिँडेको देखिएको छ । खुकुरीसहित, हुडी र जुत्ता प्रहरीले बरामद गरेको छ ।

बिहीबार घटनाको अनुसन्धान गर्न प्रहरीले कुकुर समेत प्रयोग गरेको छ । कुकुरले आरोपी बुद्धनगर पुगेको संकेत दिएको छ । बुद्धनगर क्षेत्रमा प्रहरीले सर्च जारी राखेको छ । सीसीटीभीमा देखिएका युवालाई सुपारी दिएर आक्रमण गर्न लगाएको आशंका प्रहरीको छ ।

नोट– यसअघि प्रकाशित समाचारमा प्रयोग भएको तस्बिर अनुसन्धानकै क्रममा रहेको विषय भएकाले सच्याउँदै परिवर्तन गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro