site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गाउँ सेवा दल गठनको कार्यविधि निर्माणमा जुट्यो कांग्रेस
कांग्रेस केन्द्रीय समिति बैठकको दृश्य । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । गाउँ, वडा र टोल तहमा मानवीय सेवाका कार्यलाई व्यवस्थित रूपले सम्पादन गर्नुपर्ने आवश्यकता औँल्याउँदै सत्तासाझेदार दल नेपाली कांग्रेसले ‘गाउँ सेवा दल’ गठन गर्ने तयारी गरेको छ ।

गएको साउन २ देखि १० गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट गाउँ सेवा दल गठन गर्ने निर्णय गरिएको थियो । बैठकको निर्णय नम्बर १४ मा यो विषय उल्लेख छ । तर, हालसम्म गठन प्रक्रिया अघि बढाइएको छैन ।

“गाउँ, वडा र टोल तहमा मानवीय सेवाका कार्यहरू अझ व्यवस्थित रूपले सम्पादन गर्न ७५३ स्थानीय तहको कार्यसमितिले आफू मातहत गाउँ सेवा दल गठन गर्ने निर्णय यो बैठक गर्दछ,” निर्णयमा लेखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पार्टीको पालिका समितिले आवश्यकताअनुसार वडा र टोल समितिअन्तर्गत समेत यो अभियानलाई अघि बढाउन सक्ने उल्लेख छ ।

निर्णय गरिएको तीन महिना बितिसक्दा समेत कांग्रेसले गाउँ सेवा दल गठन गर्न सकेको छैन ।

Global Ime bank

कांग्रेस केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्मा गाउँ सेवा दल गठन गर्न कार्यविधि नै बनाउन बाँकी रहेको बताउँछन् । “हामीले निर्णयमा लेखेबमोजिम गठन प्रक्रिया अघि बढाउन सकेका छैनौँ । कार्यविधि बनिनसकेका कारणले गठन हुन नसकेको हो,” विश्वकर्माले बाह्रखरीसँग भने ।

देशभर सात प्रदेशमा ७५३ स्थानीय तह छन् । कांग्रेसले देशैभरका वडाका टोलसम्म पुगेर गाउँ सेवा दल गठन गर्ने निर्णय गरेको छ । विशेष गरी प्राकृतिक विपत्तिको समयमा सेवा दलले काम गर्नेछ ।

गाउँ सेवा दलले आफ्नो टोल, वडाभित्र मानवीय उद्धार, राहत संकलन र वितरण तथा विपद्पश्चात् पुनर्निर्माणसम्मका काम ‘स्वयंसेवक’ बनेर गर्नेछन् । यस्ता दलले आवश्यकताअनुसार आफ्नो क्षेत्रबाहिर गएर पनि मानवीय सेवाका काम गर्ने कल्पनासहित गठन प्रक्रिया अघि बढाउने कांग्रेसको तयारी छ ।

प्राकृतिक विपद् पूर्वसंकेत गरेर आउने विषय नभएकाले यस्ता दल सधैँ आपत्कालीन सेवाका निम्ति तयार रहने गरी गठन गर्न लागिएको हो । जाजरकोटमा गएको भूकम्पजस्तै अरू विपद्का समयमा सेवा दलको अपरिहार्यता पुष्टि भइरहेको प्रचार विभाग प्रमुख विश्वकर्माको बुझाइ छ ।

त्यसैका निम्ति अहिले कार्यविधि लेखनको काम भइरहेको उनी बताउँछन् । कार्यविधि निर्माणमा महामन्त्री विश्वप्रकाश शर्मा र आफू लागिपरेको उनको भनाइ छ ।

“महामन्त्री विश्वप्रकाश शर्मा र म कार्यविधि तयारमा जुटेका छौँ । चाडपर्व तथा कर्णाली प्रदेशमा गएको भूकम्पका कारण कार्यविधि अघि बढेको छैन,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement