site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले यही कात्तिक २७ देखि मंसिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई)का निम्ति तय भएको भ्रमण स्थगित गरेका छन् ।

दुबईमा आयोजना हुन लागेको १८औँ दुबई एयर शो, २०२३ मा भाग लिन यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा उपप्रधानमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएई जाने कार्यक्रम तय भएको थियो । यही कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट भ्रमणको स्वीकृति समेत दिइएको थियो ।

Dabur Nepal
NIC Asia

तर, यही कात्तिक १७ गते शुक्रबार राति जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प गएपछि उद्धार तथा राहतमा सक्रिय भएकाले उपप्रधानमन्त्री खड्काले भ्रमणको कार्यक्रम स्थगित गरेका रक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“भूकम्प गएपश्चात् जाजरकोट र रुकुमपश्चितलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएको र प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनालगायतका काममा उपप्रधानमन्त्री खड्का स्वयं निरन्तर क्रियाशील रहनुभएकाले यस विषम परिस्थितिमा वैदेशिक भ्रमणमा जान उपयुक्त नहुने निष्कर्षसहित यूएई भ्रमण रद्द गरिएको हो,” विज्ञप्तिमा उल्लेख छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro