साहित्य
काठमाडौं । नइ प्रकाशनले २०७९ सालको ‘नइ कपिल विद्यापदक’ को घोषणा गरेको छ ।
१२ कक्षाको परीक्षामा सामेल भई हुम्ला जिल्लाको सर्वोत्कृष्ट छात्रा सविता महतारालाई ३० हजार रुपैयाँ नगद राशिसहित उक्त विद्यापदक समर्पण गर्ने निर्णय नइ प्रकाशनले गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले जनाएअनुसार महताराले हुम्लाको सूर्योदय उच्च माध्यमिक विद्यालयमा अध्ययन गरी जिल्लाबाट १२ कक्षामा छात्रातर्फ सबैभन्दा धेरै नम्बर २.९५ जीपीए ल्याएकी थिइन् ।
डा. कपिलदेव उपाध्यायको सम्मानमा स्थापित ‘नइ कपिल विद्यापदक’ छात्राहरूलाई मात्र प्रदान गरिन्छ ।
सो विद्यापदक अरू दुर्गम जिल्लामा पनि विस्तार गर्दै लाने नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८० १८:५५
प्रतिक्रिया दिनुहोस्