site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अफताव आलमको मुद्दाको अन्तिम सुनुवाइ १६ दिनपछि, १५ दिनभित्र बहस नोट पेस गर्न आदेश 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहारको आरोप लागेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको मुद्दामा अन्तिम बहस सकिएको छ । जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा बुधबार पीडित पक्ष, सरकारी पक्ष र आलम पक्षका वकिलको बहस सकिएको हो ।

बुधबार सबै पक्षको बहस सकिएपछि न्यायाधीश बानियाँको इजलासले १५ दिनभित्र लिखित बहस नोट पेस गर्न आदेश गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आलम सामूहिक हत्याको अभियोगपछि पुर्पक्षका लागि थुनामा छन् । ०६४ सालको संविधानसभा निर्वाचनमा बम बनाउँदै गर्दा विष्फोट भएर घाइते भएकाहरूलाई इटाभट्टामा जलाएको अभियोग उनीमाथि छ । रौतहट जिल्ला अदालतमा केही दिनदेखि लगातार चलेको बहस बुधबार सकिएको स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।

“मुद्दामा पीडित पक्षका र विपक्षका वकिलसहित सरकारी वकिलको बहस सकिएको छ,” स्रेस्तेदार ढोडारीले बाह्रखरीसँग भने, “१५ दिनको म्याद राखेर लिखित बहस नोट पेस गर्न पत्राचार हुन्छ । उहाँहरूले पत्र बुझेको १६औँ दिन पेसी तोकिन्छ र अन्तिम आदेश हुन्छ ।”

Global Ime bank

उनले मुद्दा हेर्दाहेर्दैमा नराखिएकाले कुन न्यायाधीशको इजलासबाट आदेश हुन्छ भन्न नसकिने बताए । यस्तै, न्यायाधीश बानियाँको इजलासले अदालतका कर्मचारीहरूलाई पनि मुद्दाको सार संक्षेपीकरण  बनाएर इजलासमा पेस गर्न आदेश गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय