site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यू–१९ एसिया कप : नेपालको पहिलो खेल पाकिस्तानसँग

काठमाडौं । एसीसी पुरुष यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेल्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले मंसिर २२ गते पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र भारत छन् ।

नेपालले आफ्नो दोस्रो खेलमा मंसिर २४ गते अफगानिस्तानसँग खेल्नेछ । यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर २६ गते भारतसँग खेल्नेछ ।

युनाइटेड अरब इमिरेट्स (यूएई)मा मंसिर २२ गतेदेखि सुरु हुने प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको समूह ‘बी’मा बंगलादेश, श्रीलंका, जापान र घरेलु टिम यूएई छन् । प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल मंसिर २९ गते र फाइनल पुस १ गते हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro