site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूकम्प प्रभावितका लागि लुम्बिनी विकास कोषको २५ लाख सहयोग

लुम्बिनी ।  भूकम्प प्रभावितका लागि लुम्बिनी विकास कोषले २५ लाख रुपैयाँ सहयोग गरेको छ । 

बुधबार कोष अध्यक्ष एव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले २५ लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका हुन् । 

कोषका तर्फबाट भूकम्प प्रभावितहरूलाई तत्काल राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि चेक रकम हस्तान्तरण गरेको उपाध्यक्ष डा. लामाले  बताए । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेका कोषसहित पशुपति क्षेत्र विकास कोष, नेपाल वायु सेवा निगम, पर्यटन बोर्डबाट प्राप्त सहयोग रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ । लुम्बिनी विकास कोषले सचिवालय बैठकमार्फत भूकम्प प्रभावितहरूलाई राहत लागि सहयोग गर्ने निर्णय गरेको थियो ।

कोषले भूकम्पबाट मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro