site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शीर्ष दलहरूको निष्कर्ष– सामाजिक सञ्जाल 'अराजक' बन्यो

काठमाडौं । शीर्ष राजनीतिक दलहरूले सामाजिक सञ्जालमा देखिएका अश्लीलता, उच्छृङ्खलता उपयुक्त नभएको निष्कर्ष निकालेका छन् ।

शान्ति प्रक्रियामा हस्ताक्षर गरेको शीर्ष दलका नेताहरूको आज सिंहदरबारमा बसेको बैठकपछि सरकारका अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

“निर्वाधरूपमा नागरिकले आफ्नो काम गर्न पाउनुपर्छ । त्यसलाई दुरुपयोग गर्ने, उच्छृङ्खल आधारहीन कुरा, प्रमाणहीन कुरा, गाली बेइजत, अश्लीलताका कुरा उपयुक्त होइनन् भन्ने कुरा उठे । तर, अहिले के गर्ने भन्ने कुरा आएको छैन,” उनले भने ।

आफूलाई लागेको, देखेको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार दृढ रहेको उनको भनाइ छ । उनले अहिलेको व्यवस्थाका कारण नै व्यवस्थाको विरोध गर्नेहरूले छुट पाइरहेको बताए ।

“व्यवस्थाको विरोध गर्नेहरूले पनि यो प्रणाली दिएको अधिकारका कारण उपयोग गर्न पाइरहेका छन् । अधिकारबाट वञ्चित कोही चाहन्छ ? त्यत्रो उपलब्धि समावेशिता सुनिश्चित भएको छ,” उनले भने, “त्यो उपलब्धि निस्तेज गर्ने कुरा कसैले स्वीकार गर्न सक्छ ? सामाजिक सञ्जालामा कतिपय अराजक, उच्छृखङ्ख गतिविधि छन् । अधिकार सुनिश्चित गर्ने कुरामा सरकार सधैँ एक ठाउँमा छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro