site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माधव नेपालसहित १५ जनाको टोली चीनतर्फ प्रस्थान

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोली चीनतर्फ प्रस्थान गरेको छ । उनीसहित १५ जनाको टोली मंगलबार दिउँसो त्यसतर्फ गएको हो ।

चीन प्रस्थान गर्नुअघि अध्यक्ष नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा आफू नेतृत्वको टोली त्यसतर्फ जान लागेको जानकारी दिए ।

चीन भ्रमणका क्रममा त्यहाँका नेताहरूसँग छलफल गर्ने, खुनमिङ हुँदै बेइजिङनजिकैको सहर पुग्ने कार्यक्रम रहेको उनले बताए ।

उनले भूकम्पपीडित नागरिकका निम्ति सरकार क्रियाशील हुनुपर्नेमा जोड दिए । जनताको चाहनाका आधारमा भूकम्पपीडितका निम्ति सबै दलहरू एक भएर काम गर्नुपर्ने उनले बताए ।

चीन भ्रमण सम्पन्न गरेर अध्यक्ष नेपालको टोली यही कात्तिक २८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro