site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो
फाइल तस्बिर ।

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको हो । सोमबार छापावाल सुन तोलाको एक लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी तोलाको एक हजार ४०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको एक हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्