
काठमाडौं । माउन्टेन गाइड पेम्बा ग्याल्जे शेर्पाबारे लेखिएको ‘स्टेप बाई स्टेप’ नामक पुस्तक सार्वजनिक भएको छ ।
काठमाडौंमा शनिबार आयोजित एक समारोहका बीच पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष ईश्वर पोखरेलले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।
पुस्तक मार्क पावेलले लेखेका हुन् । पुस्तकमा शेर्पा समुदायबाट आएका युवा कसरी ‘स्टेप बाई स्टेप’ गर्दै अगाडि बढ्छ भन्ने कुरा समेटिएको छ ।
माउन्टेन गाइड पेम्बाले आफ्नोबारे लेखिएको किताब सार्वजनिक गर्न पाउँदा निकै खुसी मलागेको बताए । हिमालमा हरेक पाइला महत्वपूर्ण हुने उनको भनाइ छ ।
“हिमालमा जब आरोहीले हार मान्न खोजिरहेको हुन्छ, त्यो बेला हामीले सहयोग र हौसला दिँदै लैजाने गरेका छौँ ।” उनले भने ।