site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
क्रिकेट खेल्ने क्रममा वीरगंजका मेयरको हात भाँचियो, नर्भिकमा उपचार हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको क्रिकेट खेल्ने क्रममा हात भाँचिएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साको 'समुदाय–प्रहरी साझेदारी' कार्यक्रमअन्तर्गत क्रिकेटको उद्घाटन गर्दा मेयर सिंहको दाहिने हात फ्रयाक्चर भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

मेयर सिंहको हाल काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको महानगरपालिकाका सूचना अधिकारी अरविन्दलाल कर्णले बताए ।

“यो कुरा अस्ति (शनिबार)को हो । जिल्ला प्रहरी कार्यालय पर्सामा समुदाय प्रहरी साझेदारीको कार्यक्रम थियो । त्यहाँ क्रिकेट उद्घाटनका लागि खेल्ने क्रममा रन लिन दौडिँदा खुट्टा मोडिएर लड्नु भयो र हात फ्रयाक्चर भयो । यहाँको डाक्टरहरूले काठमाडौं लैजानु भन्ने सल्लाहपछि नर्भिक अस्पतालमा उपचार भइरहेको छ । हिजो शल्यक्रिया भइसकेको छ । दाहिने हातको रिष्ट बोनमा चोट लागेको थियो,” कर्णले बाह्रखरीसँग भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement