site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दार्जिलिङमा साहित्यकार शर्मा र प्रधान सम्मानित
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाँच दशक अघिदेखि प्रकाशित साहित्यिक पत्रिका ‘अभिव्यक्ति द्वैमासिक’का संस्थापक सम्पादक तथा साहित्यकार नगेन्द्रराज शर्मा तथा संचारकर्मी एवम् साहित्यकार शरद प्रधानलाई दार्जिलिङमा नरपूर्ण साहित्यिक गुठीले सम्मानित गरेको छ । 

गुठीका संरक्षक एन.बी. क्षेत्री तथा नेपाली साहित्य सम्मेलनका पूर्वअध्यक्ष साहित्यकार प्रेम प्रधानले दुवै सर्जकलाई सम्मानित गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

सोहीअवसरमा साहित्यकारहरू डा. गीता क्षेत्रीद्वारा लिखित ‘दृश्यानुभूति’ र डा. नकुल क्षेत्रीद्वारा सम्पादित ‘भारतीय नेपाली साहित्यको सय वर्ष’ गरी दुई पुस्तक लोकार्पित गरियो । दृश्यानुभूति विविध रचनाहरूको संगालो हो । 

कार्यक्रममा नेपाली साहित्यिक टोलीकातर्फबाट सम्मानित व्यक्तित्वहरू शर्मा र प्रधानसहित साहित्यकारहरू पवन आलोक, श्रीओम श्रेष्ठ ‘रोदन’ र देविका तिमिल्सिनाले मन्तव्य राखेका थिए ।

Global Ime bank

सोही अवसरमा कृतिकारहरू डा.गीता क्षेत्री, डा. नकुल क्षेत्री, डा. राजकुमार क्षेत्री,  डा. सानु लेप्चा र डा. कमला तामाङले पनि नेपाली भाषा साहित्यका बारेमा बोलेको स्रष्टा समाजले जनाएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement