site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल भित्र्याइयो पहिलो हाइड्रोजन कार : कस्तो छ, कसरी काम गर्छ ?

काठमाडौं । नेपाल आयल निगमको सहायतामा नेपालमा पहिलोपटक हाइड्रोजन कार भित्र्याइएको छ । शनिबार काठमाडौं विश्वविद्यालय (केयू)मा हुन्डाईको नेक्सो फ्युल सेल हाइड्रोजन एसयूभी आइपुगेको हो ।

हाइड्रोजन ऊर्जाका क्षेत्रमा अध्ययन एवं अनुसन्धान गरिरहेको काठमाडौं विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबले दक्षिण कोरियाबाट हाइड्रोजन गाडी नेपाल ल्याइएको जनाएको छ ।

हाइड्रोजन ऊर्जा क्षेत्रमा अध्ययनका निम्ति सहायता प्रदान गर्नेबारे करिब तीन वर्षअघि निगम र केयूबीच एक सम्झौता भएको थियो । हाइड्रोजन ऊर्जाको उत्पादन, निर्यात र हाइड्रोजन गाडीको सम्भावनालगायत अध्ययन–अनुसन्धान गर्न निगमले केयूलाई पाँच करोड रुपैयाँ सहायता गर्ने सम्झौता थियो ।

निगमकै सहायताबाट नेपालमै पहिलोपल्ट हाइड्रोजन कार र रिफ्युलिङ स्टेसन ल्याइएको केयू हाइड्रोजन ल्याबका प्रमुख प्रा. डा. विराजसिंह थापाले बताए ।

उनले राष्ट्रिय सम्पत्तिका रूपमा हाइड्रोजन गाडी भित्र्याइएको उल्लेख गरे । अब हाइड्रोजन ऊर्जा र गाडीलाई बजारीकरण गर्ने क्षेत्रमा सजिलो हुने उनले विश्वास व्यक्त गरे ।

Global Ime bank

hyundia-nexo-hydrogen-refueling1-1699174856.jpg

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले अध्ययन–अनुसन्धानका निम्ति केयूलाई सहयोग गरिएको बताए ।

“काठमाडौं विश्वविद्यालयले पाइलट प्रोजेक्टका रूपमा अध्ययन गर्न हाइड्रोजन गाडी भित्र्याएको हो । हाइड्रोजन ऊर्जामा अध्ययन एवं अनुसन्धान गर्न करिब तीन वर्षअघि निगमले सहायता प्रदान गर्ने सम्झौता भएको थियो,” उनले भने ।

कस्तो छ हुन्डाईको नेक्सो फ्युल सेल
यो गाडीलाई सबै नागरिकले चलाएर अनुभव लिन सक्ने केयूका प्राध्यापक डा. थापाले बताए ।

हुन्डाईको वेबसाइटमा नेक्सो फ्युल सेलको प्रतिमूल्य ६० हजार १३० अमेरिकी डलर अर्थात् ७९ लाख रुपैयाँभन्दा बढी रहेको उल्लेख छ ।

१६१ हर्सपावर क्षमताको गाडीमा एकपटक हाइड्रोजन फुल गर्दा ३८० माइल रेन्ज दिने जनाइएको छ । गाडीमा ६.३३ किलोग्रामको हाइड्रोजन ट्यांक र १२० किलोवाट क्षमताको मोटर रहेको हुन्डाईको वेबसाइटमा उल्लेख छ ।

यस्तै, हाई र लो भोल्टेजका बेला प्रयोगमा आउन १.५६ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री छ ।

हाइड्रोजन ग्यास र वायुमण्डलबाट गाडीभित्र जाने अक्सिजनबीच ‘फ्युल सेल स्ट्याक’मा प्रतिक्रिया भएर विद्युत् उत्पादन हुन्छ । उक्त विद्युत्बाट मोटर घुम्छ र हाइड्रोजन गाडी चल्छ ।

पेट्रोलियम गाडीले वातावरण प्रदूषण गर्ने ग्रीन हाउस ग्यास उत्सर्जन गर्छन् । हाइड्रोजन गाडीले पानी मात्र उत्सर्जन गर्छ । त्यसैले जलवायु परिवर्तन र विश्वको तापक्रम वृद्धिलाई रोक्न विद्युतीयजस्तै हाइड्रोजन गाडी अर्काे विकल्प मानिन्छ ।

तर, हाइड्रोजनको उत्पादन, ढुवानी र भन्डारण जटिल हुने कारण यस्ता गाडीको उत्पादन र बजार विस्तार सुस्त छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu